सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख

मंगलबार, असोज १, २०८१

३१ गते भदौ ,धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

बंगलाचुली गाउँपालिका

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ । असार १ गते प्रस्तुत भएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि सरकारले फेरि संशोधित बजेट प्रस्तुत गरेको हो । साभार गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्