आजको राशिफल

आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल

नेपालमा सूर्योदय ५ः५० सूर्यास्त ६ः४

दाङ - आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजा/कन्या संक्रान्ति/इन्द्रजात्रा (उपत्यका बिदा)/राष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५० सूर्यास्त ६ः४

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आम्दानी थोरै भए पनि आर्य आर्जनमा ठिकै रहला । रिस मान्नेहरु वाट कार्यमा वाधा रहनेछ । तपाईको परिश्रम वाट अरुलाई फाईदा रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अवसर प्राप्त रहनेछ तर विचार गरेर हात हाल्नु होला । अवसर वादीले समस्या गराउन सक्नेछन । आशा देखाउने वाट धोका रहेको छ  ।  

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नसोचेको कार्यमा सफलता रहनेछ  ।  सानो प्रयास वाट ठुलो सफलता रहनेछ  । सामाजिक कार्यमा मन जानेछ । व्यवसायमा सफलता रहनेछ  ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
ससाना काममा समय बढि वित्नेछ  । स्वास्थ्यमा केहि प्रतिकुलता  रहनेछ  । शैक्षिक क्षेत्रमा केहि  समस्या रहनेछ  । व्यावसायमा उतावचडाव  रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
 प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता  रहनेछ ।  मित्रताको साईनो गाँस्ने वेला छ  । मेहनत वाट अवसर प्राप्त रहनेछ । व्यवसायमा सफलता  छ  ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफनो कार्यमा अरुले अवसर  लिन खोज्नेछन । आर्थिक क्रियाकलापमा सावधानी पुर्वक अगाडि बढनु होला । अनाबश्यक दौडधुप  रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पढाई लेखाईमा समय दिन नसकिला । व्यापार व्यवसाय गरेका लागि फाईदा मध्ययम रहनेछ । नविन काम अगाडि बढाउन समस्या रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
हतारको निर्णय बाट समस्या रहनेछ । स्थाहि  सम्पत्तिमा केहि समस्या रहनेछ । पारिवारीक समस्या छ  । नयाँ कार्य विस्तारै अगाडि बढाउनु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सन्चित  रकम खर्च गर्ने वेला   रहेको छ  । पारिवारीक असझदारी रहनेछ  । परिस्थिति  सँग  जुध्ने प्रयास गर्नुहोला   । मेहनत वाट  सफलता छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा केहि रोकावट रहनेछ  । तपाईको कमजोरी माथि कुरा चल्नेछ  । बोल्दा बिचार गरि अगाडि बढनु होला । बोलिको फरक अर्थ लाग्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
अग्रज व्यक्ति सँगको भेट हुनेछ । रोकिएका कामहरु सम्पादन हुनेछ ।स्वादिस्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक लाभ हुने कार्यमा लाग्नु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ । खर्चमा वद्धि रहनेछ । आफन्तमा असझदारी बढनेछ । बाहिरी कार्य वा बिदेश क्षेत्र बाट लाभ रहनेछ । 

वास्तु ज्ञान भवन वा घरको मुख्य द्धारमा जोडि माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ । जोडि माछा लाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछा लाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्य द्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०५:१८
प्रतिक्रिया दिनुहोस्