प्रेस सेन्टरको राजपुरको अध्यक्षमा बुढा

सोमबार, भदौ ३१, २०८१

दाङ - प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिको अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिको दोस्रो सम्मेलनले बुढाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको हो  । जसको उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली कोषाध्यक्ष तिलकबहादुर खड्का चयन हुनुभएको  छ । संगठनको सदस्यहरुमा रामशरण यादव,सोहन चौधरी,सुस्मिता चौधरी ,सुदीप राणा,रमिता चौधरी,र सिर्जना चौधरी चयन हुनुभएको छ ।

बंगलाचुली गाउँपालिका

सम्मेलनको  उद्घाटन गर्दै  संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले समाज रुपान्तरणका लागि पत्रकारिताको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । समाजले पत्रकार प्रती भरोसा राख्ने भन्दै प्रमुख अतिथि समेत रहुनु भएका शर्माले पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनुभयो । सो अबसरमा संगठनमा रहेर लामो समयदेखि भुमिका खेल्ने रेडियो जनगणतन्त्रका रामवरण यादव,चेतराम यादव र यज्ञबहादुर वलीलाई सम्मान गरिएको थियो। सम्मानित हुने तीनैजनालाई प्रमुख अतिथी शर्माले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

 संगठनका कोषाध्यक्ष तिलकबहादुर राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राजपुर गाउँपालिका वडा सदस्य नेत्रबहादुर खत्री , दिपेश चौधरी, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी ,सहसचिव दिपक बोहरा वाईसेल राजपुर गाउँपालिका  अध्यक्ष दिप बस्नेत लगायतले  शुभकामना व्यक्त गर्नु भएको थियो । संगठनका अध्यक्ष शान्तकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सुस्मिता खड्काले गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्