त्रिदेशीय एक दिवसीय श्रङ्खलाको उद्घाटन खेल नेपालले घरेलु टोलीसँग खेल्दै

सोमबार, भदौ ३१, २०८१

काठमाडौं -  विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । श्रङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । आजको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

बंगलाचुली गाउँपालिका

सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो श्रङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रङ्खला हुँदैछ । त्यसपछि लिग दुईको अर्को त्रिदेशीय श्रङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ । साभार उज्यालो अनलाइबाट

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्