आजको राशिफल

आज २०८१ साल भदौ ३१ गते सोमबारको राशिफल

नेपालमा बिहान सूर्योदय ५ः५० बजे सूर्यास्त बेलुका ६ः५ बजे हुनेछ ।
सोमबार, भदौ ३१, २०८१

काठमाडौं - आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि। विश्व ओजन तह बचाऊ दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दैनिक कार्यमा ढिलाई हुनेछ । साझेदारी कार्यमा समस्या रहनेछ । अनाबश्यक खर्चमा बृद्धि रहने छ । आन्तरिक कार्यलाई ध्यान दिनु होला ।
 
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आर्थिक लाभ नहुने कार्यमा बढि समय दिनु पर्नेछ । बोल्दा बिचार गरेर बोल्नु । साथीहरुले धोका दिने समय छ । पैत्तिक सम्पत्ति बाट लाभ रहने छ ।  

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
सामाजिक कार्यमा समय दिनु पर्नेछ । व्यवसायमा प्रशस्त्र लाभ  उठाउन सकिनेछ । नसोचेको काम बन्ने छ । तपाईको कार्यका सmलता रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । घरेलु कार्यमा समय बढि दिनु पर्नेछ । आशा देखाउनेले झुक्याने छन । व्यवसायमा उताव चडाव  रहला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रेम तथा मित्रताको साईनो गाँस्ने बेला देखिन्छ । आर्यआर्जनमा सफलता रहनेछ । नयाँ सामागी्रको प्रयोग हुनेछ । परिश्रम बाट सफलता रहनेछ  ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कानुन प्रक्रिया बुझेर अगाडि बढनु होला । आर्थिक कार्यमा सावधानी भएर अगाडि बढनु होला । तपाईको कार्यमा अरुले अधिकार लिन सक्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
नरामा्रे समाचार सुन्नु पर्ला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । नयाँ काम गर्नको लागि समय निकाल्न नसकिएला । स्वास्थ्य समस्याले सताउने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
घर परिवार आफन्त सग सम्वन्ध मध्ययम रहला ।  बिगतको गल्ति कमजोरी लाई सुधार गर्ने समय रहेको छ । प्राप्त अवसर गुमाउन सकिनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आर्थिक लगानी गर्नु पर्नेछ । पारिवारीक असमझदारी बढनेछ । परिश्रम लाई बिशेष ख्याल गर्नुहोला । समयले सोचे भन्दा फरक वातावरण बनाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
तपाईको कमीकमजोरी माथि कुरा चल्नेछ । बोलिको कारण काम बिग्रिने तथा आफन्त टाढिने समय रहेको छ । अध्यायन अध्यापनमा समस्या रहला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
अग्रज व्यक्ति सगँ भेटघाट बढनेछ । आफन्तले साथ र सहयोग दिनेछन । रोकिएका कार्यहरु ,बन्नेछन । तपाईको कार्यशैलिमा परिवर्तन रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक खर्चमा बृद्धि  रहनेछ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला । यात्राको समय  रहेको देखिन्छ । समयलाई चिन्ने प्रयास गर्नुहोला ।

वास्तु ज्ञान - प्रत्येक घर वा मन्दिरहरुमा तुलसीका विरुवा लगाउनु शुभ मानिन्छ । तुलसी नभई दैनिक पूजा वा कुनै धार्मिक कार्य हुन सक्दैन । यसमा तीव्र तथा प्रेरणापूर्ण सुगन्ध हुन्छ । यसको वैज्ञानिक, औषधीय तथा आध्यात्मिक महत्व छ । यसले विशालु तथा रोग फैलाउने किटाउनहरुलाई नस्ट गर्न सक्छ । यसले रगतलाई शुद्ध बनाउनुको साथै पाचन प्रणालीमा सुधार गर्छ । साभार खबरहब

 

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्