पालिका अध्यक्षको पहलमा रुन्टीगढी गाउँपालिकामा विद्युत पोल भित्रीए

आइतबार, भदौ ३०, २०८१

३० गते भदौ, होलेरी -  रोल्पाको रुन्टीगढी गाउँपालिकामा ६ ट्रक विद्युत पोल आउने भएका छन । पहिलो चरणमा आउन लाएका ६ ट्रक विद्युत पोल मध्य केही ट्रक पोल अन्लोड भई सकेका छन भने केही हुदै छन ।

बंगलाचुली गाउँपालिका

रुन्टीगढीमा आएका ६ ट्रक विद्युत पोल मध्य ३ ट्रक मेन पोल र ३ ट्रक शाखा पोल रहेका छन । क्रमश रुन्टीगढी गाउँपालिकाको सबै वडाको सबै ठाउँमा विद्युत पु¥याउने योजना बनाएको गाउँपालिकाले पहिलो चरणमा अलि विकट वडाबाट पोल झार्न सुरु गरेको छ । जस अन्तरगत पहिलो चरणमा आएका पोल रुन्टीगढीको वडा न ८ र ३ का लागि झारिदै छ । जस अन्तरगत वडा न ८ का लागि साहेक पोल १ ट्रक द्वारपानीमा १ ट्रक घोगेमा त्यस्तै १ ट्रक वडा न ३ को जवाङमा र ३ ट्रक मेन पोल वडा न ८ का लागि झारिने भएको छ । वडा न ८ पुग्न कच्चि बाटो तथा लोड गाडी नपुग्ने हुदा उक्त वडाको मेन पोल वडा न ७ को बाघ पाइलेमा झारिएको छ ।

उर्जा जलश्रोत तथा सिचाइ मन्त्री संग भेतमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गरेको प्रस्ताव पछि ६ ट्रक विद्युत पोल रुन्टीगढीमा भित्रीदै छ । साथै भेत पछि ३२०० साना ठुला पोल तथा विद्युतीय सामाग्री समेत बिरगन्जमा रुन्टीगढीका लागि तयारी अवस्थामा रहेको अध्यक्ष पुनले बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्