पेट्रोलियम पदार्थको मूल्य घट्यो

आइतबार, भदौ ३०, २०८१

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

बंगलाचुली गाउँपालिका

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । साभार खबरहबबाट

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्