सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो

आइतबार, भदौ ३०, २०८१

काठमाडौं - सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको मुल्य आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।

बंगलाचुली गाउँपालिका

यसअघि सुनको मुल्य उच्च गएको शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्