राशिफल

आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

दाङ  आज २०८१ साल भदौ ३० गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४९ सूर्यास्त ६ः७  I

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनो कार्यमा ‘सफलता  मिल्ने देखिन्छ । आर्थिक आयआर्जनमय समय रहनेछ । जग्गा,जमिन बाट सफलता रहनेछ । बिगतमा रोकिएको काम बन्नेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
व्यावसायिक खर्चको समय रहेको देखिन्छ । समाजिक कार्यमा बढि समय  दिनु पर्नेछ । स्वास्थ्यमा बाधा रहने छ । सहयोग गर्नेहरु बाट घात हुनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
शैक्षिक क्षेत्रमा प्राप्त मात्रामा समय दिन नसकिएला । बिगतका समस्याले अप्ठेरोमा पार्नेछ । घरेलु कार्यमा  समय बढि बिताउनु पर्ने देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्रामा केहि वस्तु हराउन सक्ने देखिन्छ । व्यापारमा फाईदा  रहनेछ । आफन्तमा असझदारी बढने देखिन्छ । केहि समस्यामय समय  रहनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
यात्रामय समय आउन सक्छ । जिद्धि गर्ने बानीले दुख पाईला । प्रतिष्पर्धा बाट स्थापित रहने समय छ । भौतिक  सामागी्र जोडने समय रहेको देखिन्छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा समय दिन नसकिएला । सन्तान तथा आफन्तको  साथ सहयोगले कार्यहरु वन्ने छ । अप्ठरो पस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
जोश जाँगर नलगाउदा प्राप्त अवसर गुमाउने समय रहेको देखिन्छ । आफन्तमा केहि समस्या आउने छ । आर्थिक क्षेत्रमा केहि विवाद रहनेछ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
रोकिएका कामहरु वन्नेछन ।नँया कार्यको थालनी हुनेछ । कृषिमा फाईदा  रहनेछ । कार्यको उचित फल प्राप्त छ । बिभिन्न उपहार प्राप्त रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
वोल्दा सावधानी रहनु होला । वोलिको फरक अर्थ लाग्नेछ । आफन्त टाढिने समय रहेको छ । तपाईको कमजोरी माथि  अरुले आवाज उठाउने देखिन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिवारमा सम्वन्ध कार्यम रहला । स्वादिष्ठ भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठा,मान,सम्मानमा बृद्धि रहला  । प्रेम तथा मित्रतामा सफलता रहला ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
खर्च बढि फाईदा कम रहनेछ । अरुको सल्लाह मान्दा सफलता रहनेछ । आशा देखाउन बाट धोका रहला । सानो कार्यमा ठुलो प्रयास गर्नु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नविन ज्ञान प्राप्त रहने समय देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ  । समय उत्सामय रहेको छ । पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहनेछ  ।

 वास्तु ज्ञान : घर वा अफिसमा नक्रारात्मक सन्देश दिने तस्वीरहरु राख्नु हुँदैन । बगीरहेको पानी वा झरनाको तस्विर,रोईरहेको बच्चाको तस्वीर,डुव्दै गरेको जहाजको तस्विर,हिंस्रक जनावरको तस्विर,महाभारतको तस्विर आदिलाई घरमा राख्नु हुँदैन । किनकि यि तस्विरहरुको सन्देश यसप्रकार मानिन्छ । बर्गिरहेको पानी तथा झरनाले धन खर्चमा प्रेरित गर्छ । रोईरहेको बच्चाले दुभाग्यमा प्रेरित गर्छ । डुव्दै गरेको जहाजले प्रगति बाधाको प्रतिक मानिन्छ । हिंस्रक जनावरको तस्विर राख्दा घरमा झगडामा बृद्धि हुने तथा रिसालुपन आउने हुन्छ । महाभारतको तस्विर राख्दा पारिवारीक झगडा तथा नक्रारात्मक कार्य सन्देश दिनेछ ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०५:३१
प्रतिक्रिया दिनुहोस्