दाङको टरिगाउँ विमानस्थलमा हप्तामा दुई दिन उडान हुने

शनिबार, भदौ २९, २०८१

 दाङ - दाङको टरिगाउँ विमानस्थलबाट अब हप्तामा दुई दिन उडान हुने भएको छ । शुक्रवार मात्र उडान हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलवार पनि उडान हुने भएको हो ।

बंगलाचुली गाउँपालिका

नेपाल एयरलाइन्सले शुक्रवार मात्र नभई अब आउँदो मङ्गलवारदेखि मङ्गलवार पनि उडान गर्ने नेपाल वायुसेवा निगम दाङका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले दाङ–काठमाण्डौ उडान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्