आजको राशिफल

आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४९ सूर्यास्त ६ः८

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कला, साहित्य,मनोरन्जन क्षेत्रमा सरिक भईनेछ । व्यापार व्यवसायमा लागेका व्यक्तिलाई सफलता रहनेछ । अग्रज व्यक्ति सँग भेटघाट बढनेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
धैर्यताको साथ अगाडि बढेमा सफलता  रहनेछ । उपलव्धी कार्यको लागि स्थान प्राप्त रहनेछ । चूनौतिलाई चिदै अगाडि बढनु होला । दैनिक कार्य ठिकै छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ कार्यमा लाग्नको लागि केहि  समय पर्खदा उपयुक्त होला । स्वास्थ्यमा हल्का समस्या रहनेछ । नियमित काम बाट सफलता रहने देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
छोटो र रमाईलो यात्राको समय रहेको छ । धैर्यता र बुद्धिको सहि प्रयोग बाट सफलता रहनेछ ।  सवारी साधन प्रयोगमा सावधानी रहनु होला  ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आन्तरिक कार्यलाई गोप्य राखेर अगाडि बढनु होला । रोकिएका कामहरु सम्पादन हुनेछन ।  समस्या लाई हल गदै अगाडि बढनु उपयुक्त रहनेछ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समस्या युक्त समय सँग जुढदै अगाडि बढनु होला । समय अनुुसार चल्न नसक्दा समस्या आउनेछ ।  खानामा  सावधानी रहनु होला ।अरुको लागि समय दिनु पर्ला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पारिवारिक साथ र सहयोग बाट सफलता   रहनेछ । अरुको सुझाव अनुसार अगाडि बढनु होला ।  बिगतको कार्यले गर्दा अप्ठेरोमा परिएला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ कार्यमा हात हाल्न सकिनेछ । आफन्तको रामा्रे साथ सहयोग प्राप्त रहनेछ ।  प्रतिस्पर्धामा सफलता रहनेछ । थालिएको काम बाट  सफलता छ ।
 
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
बोलि वचन गर्दा सावधानी रहनु होला । तपाईको कमजोरी माथि अरुको टिप्पनी आउन सक्नेछ । आर्थिक लेनदेनमा सावधानी रहनु बेश होला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नबिन कार्य गर्ने समय रहेको छ । रमाईलो जमघट हुने समय रहेको छ ।  मिष्ठान भोजनको आनन्द लिन सकिनेछ । आर्थिक आर्जन  गर्ने  समय छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
घराँयसी कार्यमा खर्च बृद्धिको समय रहेको देखिन्छ । बिदेश यात्राको तय गरेका लाई समय ठिकै  रहनेछ ।  बन्नै लागेको काम रोकिने सम्भवना छ  ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धेरै पहिला रोकिएको काम बन्नेछ । व्यापार व्यवसायमा सफलता प्राप्त रहनेछ ।  घरपरिवारको आवश्यकता पुरा रहनेछ । परिश्रमको राम्रो फल प्राप्त रहनेछ ।

वास्तु ज्ञान : घरमा एउटै दिशामा दुईवटा ढोका बनाउनु हँदैन । यदि घरमा दुईवटा प्रेवेशद्धार बनाउनु छ भने शुभफल प्राप्त गर्नको लागि ढोकालाई पूर्व दिशा एवं पश्चिम दिशा,उत्तर दिशा एवं दक्षिण दिशामा नै बनाउनु पर्दछ । दक्षिण दिशा तथा पश्चिम दिशामै दुईवटा ढोका कदापि बनाउन हुँदैन । अर्थात भवनमा एउटा प्रवेश द्धार पूर्व दिशा अथवा उत्तर दिशामा हुन आवश्यक छ ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्