गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्मा गृहमन्त्रालयमा सरुवा

शुक्रबार, भदौ २८, २०८१

गढवा, २८ भदौ -  गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्मा गृहमन्त्रालय काठमाडौँमा सरुवा हुनु भएको छ।

बंगलाचुली गाउँपालिका

शुक्रबार गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान सहित प्रमुख प्रशासकीय अधिकृत शर्मा लाई बिदाइ गरेकाे छ । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शर्मा कुशल प्रशासक रहेको चर्चा गर्दै उहाँले गढवाको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताउनुभयो। अप्ठ्यारो कामलाई सहज तरिकाले गाँठो फुकाउने काम गरेको भन्दै प्रशंसा समेत गर्नु भयो।

07-1726237705.jpg
त्यसैगरी गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लामो समय सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्दै जहाँ गएपनि सफल कार्यकालको शुभकामना दिनु भयो।

बिदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत शर्माले आफुले पहिलो पटक स्थानीय तहमा काम गर्ने अवसर पाएको र गढवाबाट धेरै अनुभव संगालेको बताउनुभयो । कर्मचारी तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव गढवा गाउँपालिकाबाट प्राप्त गरेको उहाँको भनाइ थियो ।

प्रशासन प्रमुख पुनाराम शर्माले सहजीकरण गरेको कार्यक्रममा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, गाउँपालिकाका रोजगार शाखा प्रमुख अशोक कुमार यादव, लगाएतकाले विदाइ मन्तव्य राख्दै शर्मामा सबै कर्मचारीलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उहाँको प्रसंशा गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शर्मा गृहमन्त्रालय काठमाडौँमा सरुवा हुनु भएको छ । शर्मा २०८० साल असोज २४ गतेदेखि हाल सम्म गढवा गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेकाे गढवा गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विषयगत समितिका संयोजक, गढवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्की,, विभिन्न शाखाका प्रमुखहरु तथा कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

09-1726237781.jpg

08-1726237778.jpg

07-1726237775.jpg

06-1726237772.jpg

04-1726237769.jpg

05-1726237767.jpg

03-1726237761.jpg

02-1726237760.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्