दाङ एक्स्पोलाई सफल बनाउन दलहरुको सामुहिक ऐक्यवद्धता

शुक्रबार, माघ १९, २०८०

दाङ- लुम्विनी प्रदेश दाङ एक्स्पोलाई भव्य रुपमा सफल बनाउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुले एक्येवद्धता जनाएका छन् । ‘स्वरोजगार , आत्मनिर्भर हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार ’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै दाङ चेम्बर अफ कमर्शको आयोजनामा हुन यही माघ २३ देखि फागुुन ८ गतेसम्म घोराही रतनपुर स्थित हुुन लागिरहेको लुम्विनी प्रदेश स्तरीय दाङ एक्स्पोलाई भव्य रुपमा सफल बनाउन दलहरुले सहयोग र समर्थन सहित सामूहिक ऐक्यवद्धता जनाएका छन् ।

बंगलाचुली गाउँपालिका

 बिहिवार दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालको अध्यक्षतामा बसेको जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुको बैठकमा सहभागि राजनीतिक दलहरुको दाङ एक्स्पोलाई सफल बनाउन सहयोग र समर्थन सहितको ऐक्यवद्धता जनाएका छन् ।

बैठकमा नेपाली काँग्रेसका  नेता प्रकाश श्रेष्ठ, नेकपा एमालेका इन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका साकार थारु, नेकपा एकिकृत समाजवादीका गुरुप्रसाद महरा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जनक सी र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर कुमार न्यौपानेले दाङ एक्स्पोलाई सफल बनाउन दलहरुको समर्थन र सहयोग रहेको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्