दाङमा फैलिदै स्क्रब टाइफस

शुक्रबार, भदौ २८, २०८१

दाङ - दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखिने विरामीको संख्या बढ्दै गएको हो ।

बंगलाचुली गाउँपालिका

२०८१ सालको पछिल्लो ५ महिनामा १ सय वढी विरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । गएको बैशाखदेखि भदौ २७ गतेसम्ममा १ हजार ३ सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा १ सय ५७ जनामा पोजेटिभ देखिएको भट्टराइले बताउनुभयो ।

स्क्रब टाइफसका पोजेटिभ देखिएका ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने भएपनि ढिलाइ गरे ज्यानै जान सक्ने पनि हुन्छ । सूचना अधिकारी भट्टराइले दिएको जानकारी अनुसार २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा ३ हजार ९ सय ४२ जना विरामीमा परीक्षण गरिएकोमा ७ सय ३६ जनामा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्