शेयर बजार ७८ अङ्कले बढ्यो ,४७ करोड ६५ लाख रुपैयाँको कारोबार

बिहीबार, भदौ २७, २०८१

दाङ - शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर दुई हजार छ सय ८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत, लगानी, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बंगलाचुली गाउँपालिका

वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर्स, उपकार लघुवित्त, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ९४ लाख कित्ता शेयर आठ अर्ब १६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्