पाकिस्तानमा बन्दुकधारीद्वारा पोलियो कार्यकर्ता र प्रहरीको हत्या

बिहीबार, भदौ २७, २०८१

पाकिस्तान - पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ । लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ ।

बंगलाचुली गाउँपालिका

विश्वमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको प्रभावकारी खोपको बावजुद महामारी कायमै छ । विद्रोहीहरूले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जानकारी दिएको ।

अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा आक्रमण भएको हो । एक हप्तासम्म चल्ने खोप अभियान कार्यक्रमको तेस्रो दिन आक्रमण भएको हो । अहिले बाजौर जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ ।

प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घर–घर जाने पोलियो कार्यकर्ताहरूको सुरक्षाका लागि तैनाथ हुन्छन् तर पनि आपराधिक समूहबाट उनीहरू माथि आक्रमण भइरहने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्