राशिफल

आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
अरुको कार्यमा महत्वपूर्ण समय दिनु पर्नेछ  । कार्य समयमा पुरा नहुदा समस्या छ । सेवामुलक कार्यबाट  लाभ । व्यावसायिक कार्यमा खर्च बढनेछ  ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा  मध्ययम छ । प्रयास गर्दा पनि काम बाँकि रहनेछ ।समस्याले अल्मलमा परिएला ।  समय सँग प्रतिस्पर्धा गदै जानु उपयुक्त रहला ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्यआर्जनमा  सफलता रहला । कार्यमा सफलता रहनेछ । घर परिवारको साथ र सहयोग प्राप्त रहला । बिभिन्न बस्तु प्र्राप्त  रहने समय देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यापार व्यवसायमा फाईदा नै रहला । शत्रुहरु बाट चलखेल रहनेछ । यात्रामय समय रहेको छ  । प्रयास बाट काममा फाईदा लिन सकिन्छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सन्तान वा अन्य व्यक्तिको सयोगले कार्यमा सफलता रहनेछ । व्यावसायमा मध्ययम रहला । नराम्रो समाचार सुन्न पाईएला । खानामा ख्याल गर्नुहोला ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको योजना बाट अरुलाई फाईदा रहने देखिन्छ  । पशुधन र कृषि,जग्गा जमिनबाट लाभ मिल्नेछ । बोल्दा सावधानी भएर अगाडि बढनु होला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
नँया कार्यको थालनी रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । शत्रु र प्रतिस्पधीलाई सजिलै हराउन सकिनेछ । रोकिएका कामहरु बन्नेछन ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कार्यमा ढिलाई  र मान  सम्मानमा आघात हुनेछ । शैक्षिक  क्षेत्रमा समय दिन नसकिने देखिन्छ । तपाईको कार्यको अरुले आलोचना गर्नेछन ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अग्रज व्यक्तिसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको आनन्द  छ । गफगाफमा समय बढि बित्ने  रहेको छ । प्रतिष्ठामय कामको थालनी हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आशा देखाउने बाट धोका रहनेछ । प्रयास र मेहनत बाट मात्र सफलता  प्राप्त रहनेछ । समयलाई चिन्न नसक्दा खर्चमा बृद्धि  रहने देखिन्छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
परिश्रमको उचित  फल प्राप्त नरहन  सक्नेछ । नसोचेको अनुसार कार्यमा बाधा रहने छ । प्रयास धेरै गर्दा मात्र सामान्य  फाईदा उठाउन सकिन्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा फाईदा नै रहनेछ  । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । नाम, दाम  र प्रतिष्ठामय समय  रहेको छ  । सामाजिक कार्यमा लाग्नु पर्ने देखिन्छ ।

वास्तु ज्ञान :- कुनै पनि सरकारी वा अन्य कार्यालयहरुमा निम्न कुराहरु वास्तुगत हुनुपर्छ ।
कार्यालयको लेखाशाखा पूर्वमा,स्टोर दक्षिणमा,गेट पूर्वमा,पानी ईशान कोणमा,उत्तर तिर हल्का सामाग्रीहरु हुनपर्छ । प्रशासकिय अधिकृतकक्ष उत्तरतर्फ राख्नुपर्दछ । शौचालय केहि दक्षिण को नैऋत्यकोणमा बनाउनु पर्दछ । कम्प्युटरमा उत्तर फकिएर काम गर्नुपर्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्