शेयर बजार २२.७३ अङ्कले घट्यो ६ अर्ब ८५ करोड रुपैयाँको कारोबार

बुधबार, भदौ २६, २०८१

काठमाडौं -  शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२.७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२.१० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५.४६, सोमवार ५५ .८६ र हिजो मङ्गलवार १३.९ अङ्कले घटेको थियो ।

६ कारोबार दिनमा शेयर बजार दुई सय २० अङ्कले घटेको छ । गएको भदौ १८ गते मङ्गलवार दुई हजार आठ सय ३० विन्दुमा रहेको नेप्से आज दुई हजार ६ सय १० विन्दुमा आइपुगेको छ ।

आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

केही दिनयता कारोबार रकम पनि घटिरहेको छ । आज तीन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्