लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले दिए पदबाट राजीनामा

बुधबार, भदौ २६, २०८१

दाङ - लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा दिनुभएको हो । कुर्मीलाई बाँकेकी निर्मलादेवी कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका आरोप लाग्दै आएको छ ।

बंगलाचुली गाउँपालिका

मन्त्री भएपछि कुर्मीको बारेमा चौतर्फी विरोध भएको थियो । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कुर्मीलाई निर्मलादेवीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँकेसहित विभिन्न सङ्घ–संस्थाले धर्ना र दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्