आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४–१ गोलले हरायो

मंगलबार, भदौ २५, २०८१

काठमाडौं - एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

बंगलाचुली गाउँपालिका

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो । आर्मीका लागि दीपा शाहीले ५ गोल गरिन् । यस्तै अनिता लम्जेलले २ तथा बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्रीदेवी भण्डारीले समान १ गोल गरे । आर्मीले १ गोल आत्मघाती पायो । यस्तै सुदूरपश्चिमले पनि १ गोल आत्मघाती पायो ।

यो जीतसँगै आर्मी ३ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिम भने ३ वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्