मुख्यमन्त्री आचार्यद्धारा घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन

मंगलबार, भदौ २५, २०८१

घोराही, २५ भदौ - नेपाल पत्रकार महासंघ दाङ शाखाले मिडिया मन्थन पुस्तकको विमोचन गरेको छ । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुस्तकको विमोचन गर्नुभएको हो ।

बंगलाचुली गाउँपालिका

विमोचन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्नुभएको छ । उहाँले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गर्नु भएको हो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नु भएको छ । संघियताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गर्नुभयो ।

तीन तहको सरकारको विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको स्पष्ट पार्नु भयो । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियो । साभार : खोज रफ्तार

प्रतिक्रिया दिनुहोस्