नेपाली कांग्रेसलाई बिग्रन दिन्नौँ : महामन्त्री गगन कुमार थापा

सोमबार, भदौ २४, २०८१

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभयो

बंगलाचुली गाउँपालिका

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभयो।

थापाले भन्नु भयो, ‘घरमा फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।’ महामन्त्री थापाले अविचारको आधारमा अघि बढ्ने विश्वास दिलाउनुभयो। निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेको उहाँको कथन थियो।

‘गठबन्धनको राजनीति राम्रो नभएको बुझेर अब निर्वाचनमा कांग्रेस एक्लै लड्ने केन्द्रीय समितिले निर्णय लिएको छ। त्यसैले एकपटक सबैले आफूलाई सच्याउने संकल्प लिएर अघि बढौँ’, थापाले भन्नुभयो

उहाँले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत दावी गर्नुभयोअब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो।

पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संगठनलाई एकताबद्ध बनाएर पार्टीमा आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताउनुभयो।

उहाँले भन्नु भयो ‘सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्नेछ। यसले पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बीपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ।’

मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो।

पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा १७४ जना नेतालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्