वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक : सांसद हितबहादुर तामाङ

सोमबार, भदौ २४, २०८१

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोख्नु भयो ।  सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँलेले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गर्नुभयो ।

बंगलाचुली गाउँपालिका

वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  ‘सरकारले मुख्य सचिव बनाउँदा बरियताक्रम मिच्यो । अरू सचिवले राजीनामा दिनुपर्यो‚’ उहाँले भन्नुभयो।

सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाउनुभयो । सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गर्नुभयो ।  सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन गर्नुपर्छ भनेपनि अहिले सरकार ४७ सालकै संविधान ल्याउनेगरी लागि परेको आरोप लगाउनुभयो ।

सरकारले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न लागिपरे त्यसको प्रतिकार माओवादीले गर्ने उल्लेख गर्नुभयो । साभार रातोपाटी

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्