लुम्बिनी प्रदेशका सासंद धनबहादुर केसी जेल नै नबसी रिहा भए

सोमबार, भदौ २४, २०८१

दाङ - आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा हुनु भएको छ । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उहाँ रिहा हुनु भएको  हो  ।

बंगलाचुली गाउँपालिका

रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर हुनु भएको थियो । कैद सजाय पूरा नगरेका उहाँ रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित हुनु भएको थियो ।

उहाँले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा हुनु भएको हो ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिनुभयो । स्रोतका अनुसारउहाँलाई आइतबार राति कारगारमा राखिएको थियो ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उहाँ दोषी ठहर हुनु भएको थियो ।  साभार रातोपाटीबाट

 

 


सांसाभार थाहाखबरबाट

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्