अर्थ

सुन तोलामा एक सय रुपैयाँले बढ्यो

सोमबार, भदौ २४, २०८१

दाङ - सुनको मुल्य  आज सोमबार को दिन एक सय रुपैयाँले बढेको छ । आज सुन मुल्य तोलामा  एक सय रुपैयाँले बढेर  एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको  ।

बंगलाचुली गाउँपालिका

हिजो सुनको मुल्य तोलामा एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  गएको शुक्रवार सुनको मुल्य  अहिलेसम्मकै उच्चो मुल्य तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तैगरी  चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ५५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्