रुकुम पश्चिममा बाढीले बगाउँदा दुई जनाको मृत्यु

सोमबार, भदौ २४, २०८१

दाङ - रुकुम पश्चिमको मुसिकोटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा अन्दाजी २० वर्षीया निर्मला केसी थापा र अन्दाजी ५० वर्षीय सर्जन पुनको मृत्यू भएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो बेलुकी मोटरसाइकल चढेर खोला तर्दै गर्दा उनीहरूलाई बगाएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोख्रेलले जानकारी  दिनुभएको  । उनीहरूको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्