कानुनको सहि कार्यान्वयनले सुशासनमा प्रभावकारीता : संबिधान विद दाहाल

सोमबार, भदौ २४, २०८१

दाङ - संविधान तथा प्रशासन बिद् काशिराज दाहालले कानुनहरुको सहि कार्यान्वयनले नै सुशासनमा प्रभावकारीता आउने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

 घोराही उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय तह सम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयन र सकारात्मक सोच विषय कार्यशाला कार्यक्रममा संविधान र प्रशासन क्षेत्रका बिज्ञ दाहालले कानुनहरुको प्रभावकारी कार्यान्वयन नै सुशासनको आधार भएको बताउनुभएको हो । संविधानले तोकेका  कानुनहरु निर्माण गरी आफ्नो पालिकाको चौतर्फि विकासमा ध्यान दिएर नागरिकहरुको मन जित्नु पर्ने स्थानीय सरकारको पहिलो जिम्मेवारी हुने उहाँको भनाई छ । स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरु विचको सम्बन्ध परिवर्तनको स्वार्थ सँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

GHORAHI---NARULAL-CHAUDHARY-1725861406.jpg
 

 नागरिकहरुको न्याय र चौतर्फि विकासमा जनप्रतिनिधी र कर्मचारीहरु एउटै लयबाट अघि बढ्नका लागि कानुनको प्रभावकारी कार्यान्वय हुनै पर्ने उहाँको भनाई छ । कानुनको प्रभावकारी र सहि कार्यान्वयनले सुशासन कायम हुने भएकाले काम गर्दै सदैब सकारात्मक सोच हुन आबस्यक रहेकोमा पनि सुझाब दिनुभयो । सकारात्मक सोचले नै व्यक्ति र सरकारलाई सफल बनाउन सक्ने उहाँको भनाई छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सकारात्मक सोचले मात्रै सफल र परिवर्तन सम्भब हुने बताउनुभयो । कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्दै नगरीकहरुलाई अधिकार सम्पन्न गराउन र सेवासुविधामा सहज पहुँच पुराउन स्थानीय सरकार सकृय रहेकोमा जोड दिनुभयो ।

साथै कार्यक्रममा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी नीति निर्माणका विषयमा समेत छलफल भएको छ । नगर प्रमुख चौधरीले त्यसका लागि घोराहीमा डिपीआरको काम भैरहेको जानकारी दिनुभयो । दिसाजन्य पदार्थलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्ने गरि इन्फो नामक संस्थाले डिपिआरको काम गरिरहेको जानकारी दिनुभएको हो । नगरपालिका संघले आयोजना गरेको उक्त दिसाजन्य लेदो व्यवस्थापनको नीति निर्माणका विषयमा संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले दिसाजन्य लेदो व्यवस्थापन चुनौतीको विषय बनेको बताउनुभयो । त्यसका लागि नगरपालिका संघको तर्फबाट सहजिकरण गरेर घोराहीमा लेदो व्यवस्थापनका लागि ट्रिटमेन्ट प्लान्टको योजना अघि बढेको जानकारी दिनुभयो ।

उक्त लेदोलाई प्रशोधन गरेर मल र सिचाईका लागि पानीकोरुपमा प्रयोग गर्न सकिने गरी प्लान्टको अबधारणा अघि सारीएको छ । कार्यक्रममा संघका अधिकृत मुस्कान श्रेष्ठले दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी नीति निर्माण गरेर दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने बिषयमा जानकारी गराउनुभयो । कार्यक्रमको पहिलो दिन कार्यपालिका सदस्यहरु र १९ वटै वडाका सचिबहरुको सहभागिता रह्यो भने दोस्रो दिन महाशाखा, शाखा र स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थितीमा कार्यक्रम हुने छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरीको समेत उपस्थिती रह्यो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्