नेसन्स लिग

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

सोमबार, भदौ २४, २०८१

काठमाडौँ -  क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले आइतबार नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ । स्कटल्यान्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो ।

बंगलाचुली गाउँपालिका

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए । रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल रह्यो । स्कटल्यान्ड पछिल्ला आठ खेलमा जितविहीन रहेको छ ।

त्यस्तैगरी स्पेनले फाबिन रुइजको दुई गोलमा स्विजरल्यान्डलाई ४–१ ले पराजित गर्‍यो । आइतबारका अन्य खेलमा क्रोएसियाले पोचल्यान्डलाई १–० र स्विडेनले इस्टोनियालाई ३–० हराए । साभार ईकान्तिपुर

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्