सोमबार भगवान शिवको विशेष दिन

सोमबार, भदौ २४, २०८१

दाङ - आज २०८१ साल भदौ २४ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ९ तारिख। भाद्र शुल्क पक्षको षष्ठी तिथि। सूर्य षष्ठी व्रत। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती ।

बंगलाचुली गाउँपालिका

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्