राशिफल

आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २४ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ९ तारिख। भाद्र शुल्क पक्षको षष्ठी तिथि। सूर्य षष्ठी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४७ सूर्यास्त ६ः१३

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रयास बाट आशा मारेको काम सफल हुनेछ  । समय समस्यामय देखिएता पनि केहि काम बन्नेछन । स्वास्थ्यको लागि खानपिनमा ख्याल गर्नुहोला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन जानकारी लिन पाईनेछ । आफन्त सँग रमाईलो भेटघाट हुनेछ ।  व्यावसायमा बिशेष लाभ रहने देखिन्छ । आम्दानीमा बृद्धि  रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
बाहिरको काममा  सफलता रहनेछ । व्यावसाय तथा उधोगमा लाभ  रहनेछ ।  कार्यमा प्रतिस्पर्धा रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
शैक्षिक क्षेत्रमा समय  मिलाउन नसकिएला । आफनै गल्तिले गर्दा काममा कमजोरी महशुस रहनेछ । व्यवसायमा आर्थिक लाभ रहनेछ । नोकरीमा ठिकै ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
समय परिस्थिति अनुसार चल्न नसक्दा काममा समस्या पाईनेछ । कार्यमा गल्ति हुन सक्नेछ ।  अग्रज व्यक्ति सँग असमझदारी बढन सक्नेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिस्पर्धामा सफलता प्राप्त रहनेछ । नयाँ काम शुरु गर्ने  समय रहेको छ  । सहयोगि बाट सहयोग छ  । आत्मा  बिश्वास पराक्रममा बृद्धि  रहनेछ  ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अनावश्यक  विवादमा नफस्नु होला । केहि समस्याहरु सामना गर्नुपर्ला । आर्थिक क्षेत्रमा भने अनुसार फल प्राप्त नरहन सक्छ ।दैनिक कार्य ठिकै छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
खानपिनमा सावधान रहनु होला ।समय अनुसार अगाडि चल्न नसक्दा समस्या रहनेछ । आत्मा बिश्वास लिन नसक्दा कार्यमा बाधा  रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने छ । भम्रणशील समय  रहेको छ  । खर्चमा बृद्धि रहनेछ । अनावश्यक कार्यमा समय बित्नेछ हुँदा ख्याल गर्नु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिश्रमको उचित फल प्राप्त रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर रहेको छ । गरेका काम बाट उचित लाभ  रहनेछ  । आम्दानीका नयाँ क्षेत्र प्राप्त रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कला साहित्य क्षेत्रमा रुचि बढनेछ । अवसरहरु प्रशस्त्र भेटिनेछन  । प्रेम र मित्रतामा सफलता रहनेछ । बिभिन्न  व्यक्ति सँग भेटघाट हुने देखिन्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धेरै परिश्रम कम प्रतिफल रहने समय देखिन्छ । सोचेको केहि काम बाँकि  रहेता पनि मेहनत बाट सफलता रहनेछ । समयले बाध्यतामा पार्नेछ  ।

  •  वास्तु ज्ञान : शल्य चिकित्सा कक्ष अस्पतालमा पश्चिम दिशामा हुनुपर्छ । शल्य चिकित्सा कक्ष अस्पतालमा पश्चिम दिशामा हुनुपर्दछ । यो कक्षमा जुन बिरामीको अप्रेशन हुने हो त्यसलाई दक्षिण दिशामा टाउको पारेर सताउनुपर्दछ तथा डाक्टले उत्तर या पूर्व दिशामा मुख पारेर अप्रेशन गर्नुपर्दछ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्