शेयर बजार २५ अंकले घट्यो , १० अर्ब १२ करोड रुपैयाँको कारोबार

आइतबार, भदौ २३, २०८१

काठमाडौं - साताको पहिलो दिन आइतबार आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घट्यो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता शेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्