आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर ८ तारिख। भाद्र शुल्क पक्षको पञ्चमी तिथि। सप्तऋषि पूजा एवम् ऋषि पञ्चमी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।मयुर अनलाइनका लागि पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  नेपालमा सूर्योदय ५ः४६ सूर्यास्त ६ः१५

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रेम र मित्रतामा बृद्धि रहनेछ । नयाँ सामान प्रयोग हुनेछ । आम्दानी ठिकै  रहनेछ  । दाम्पत्य जीवन सुखद हुनेछ । नबिन ज्ञान सिक्ने समय  रहेको छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयास बाट कार्यमा सफलता रहनेछ । भौतिक साधन प्रयोग गर्ने समय छ । आफनो अधिकार जमाउन गाँहो हुनेछ । यात्रा युक्त समय रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समय लाई चिनेर अगाडि बढनु होला ।समय संघर्षशील रहनेछ । अग्रजको साथ सहयोग र आफनो बुद्धिको प्रयोग गरि अगाडि बढनु होला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अरुको काममा बढि दौडधुप गर्नुपर्ने देखिन्छ । अनाबश्यक नबोल्नु होला । आफन्तजनले धोका दिनेछन । पशुपालन,जमिन बाट लाभ रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बिभिन्न उपहार प्राप्त रहने समय देखिन्छ । आफन्तको साथ र सहयोग रहनेछ । उधोग व्यावसायमा फाईदा रहनेछ । रोकिएका कामहरु बन्नेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयास बाट व्यावसायमा सफलता रहनेछ । कार्यमा ढिलाई हुनेछ । सोच बिचार गरि अगाडि बढनु होला । तपाईको काम व्यवहारमा ट्रिप्पनि हुने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अग्रज व्यक्ति सँग भेटने समय आउनेछ ।स्वादिष्ट भोजनको योग  छ  । कार्यमा सजक भएर अगाडि बढनु । रचनात्मक कार्यमा अगाडि बढने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
खर्चमा बृद्धि  रहनेछ । आशा देखाउने बाट धोका छ । अरुको सल्लाह सुझाव सल्लाह नमान्दा समस्या  छ । परिवारजन बाट टाढा रहनु पर्ला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
पैतिक सम्पत्ति बाट लाभ छ  । नबिन ज्ञान प्राप्त रहनेछ  । कृषि पशपालनमा सोचे अनुसार फाईदा छ  । परिश्रमको उचित फल प्राप्त छ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
बिशिष्ट व्यक्ति सँग भेटघाट हुनेछ । भूमि,वाहन र पैतिक सम्पत्ति बाट फाईदा रहनेछ । व्यावसायमा ठिकै रहला । प्रतिष्ठामय काम हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
अरुको कार्यमा बढि समय बित्ने देखिन्छ । समयमा काम पुरा नहुनाले मनमा चिन्ता बढनेछ । सामान्य कार्यमा महत्व पूर्ण समय बित्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामको चिन्ताले सताउनेछ । थोरै फाईदामा चित्त बझाउनु पर्ला । नबिन काम आज शुरु नगर्दा रामा्रे हुनेछ । गरि रहेको काम बाट फाईदा रहनेछ ।

वास्तु ज्ञान :- बिधार्थीमा पढाई कमजोरी भएमा पूर्व फर्किएर पढनुु राम्रो मानिन्छ ।

बिधार्थीमा पढाईको स्तर घददै गएमा साँझ भन्दा बिहानको समयमा पढने बानी बसाल्नु पर्छ । पढदा जहिले पनि पूर्व दिशा फर्किएर पढने बानीको बिकास हुनुपर्छ । घर नजिक तुलसीको बोट लगाएर प्रत्येक दिन तुलसीमा जल चढाउदा राम्रो हुन्छ । घरमा अशोकको रुख पूर्वदिशा रोप्नुपर्छ । यसो गर्दा घरमा सक्रारात्मक वातावरण सिर्जना भई ज्ञान आर्जनको लागि बिधार्थी सहज हुने गर्छ । परिक्षामा जाँदा हरियो लुगाको प्रयोग गर्नु पनि उपयुक्त मान्ने गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०५:१७
प्रतिक्रिया दिनुहोस्