राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाइको अनुमति

शनिबार, भदौ २२, २०८१

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो ।

बंगलाचुली गाउँपालिका

५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिनुभयो । प्रतिष्ठानको विकासमा एमबीबीएस पढाई महत्वपूर्ण कोसेढुङ्गा साबित हुने उहाँले बताउनुभयो।

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सि र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ । प्रतिष्ठानले एमबीबीएस कक्षा संचालनका लागि यस वर्ष ५० जना विद्यार्थी भर्नाको कोटा प्राप्त गरेको छ । साभार : खोज रफ्तारबाट

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्