राशिफल

आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल

दाङ : आज २०८१ साल भदौ २२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर ७ तारिख। भाद्र शुल्क पक्षको चौथी तिथि। गणेश चतुर्थी व्रत। निजामती सेवा दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४६ सूर्यास्त ६ः१६

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । घर परिवारमा नयाँ आशा पलाउने छ ।  सहयोग र उपहार प्राप्त रहनेछ । आयआर्जनमा ठिकै रहला ।

 वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
मेहनत वाट कार्यमा  सफलता रहनेछ । प्रयास गर्दा प्रतिस्पर्धामा सफलता रहनेछ ।  भौतिक साधन जोडने समय छ । यात्रा मलुक समय आउनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आत्मा विश्वासमा काम गर्नुहोला । शैक्षिक क्षेत्रमा  सफलता रहनेछ ।  अग्रज व्यक्तिको  सहयोग मिल्नेछन । बिभिन्न भौतिक साधन प्रयोग हुनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सोच विचार नगरी अगाडि बढदा समस्या रहनेछ । आफनो भन्दा अरुको फाईदाको लागि काम गर्नुपर्नेछ । कृषि,पशुबाट लाभ उठाउन  सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रोकिएका कामहरु बन्नेछन । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्नेछ ।  नयाँ काम थालनी हुने समय देखिन्छ । उधोग व्यवसायमा सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तको भावना बुझने प्रयास गर्नु होला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । रोकिएका कामहरु सम्पादन हुनेछन । निरन्तरता बाट फाईदा छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कार्यमा अभिप्रेरित गर्नेहरु प्रशस्त्र रहनेछन । नयाँ कामको थालनी हुनेछ ।  स्वादिष्ट भोजनको अनुभव लिन  सकिन्छ । बिगतको कार्यवाट सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आर्थिक खर्चको वृद्धि  रहनेछ । अवसरको लागि समय बित्नेछ ।समय लाई नचिन्दा समस्या मिल्नेछ । सोच बिचार गरि अगाडि बढनु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यापार व्यवसायमा सफलता रहनेछ । साझेदारीमा फाईदा रहनेछ । आयआर्जन सा्रेत बढनेछन । परिवारजनको आवश्यकता पुरा हुनेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अरुलाई प्रभाव पारेर अगाडि बढन सकिनेछ । साथीहरुको साथ र सहयोग जुटनेछ ।  प्रतिष्ठा मुलक कार्य हुनेछ । सामाजिक दायित्व बढनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
नयाँ काम र जिम्मेवारी आउनेछ । सामाजिक कार्यमा लाग्नु पर्नेछ । परोपकारी कार्यमा लाग्नु पर्नेछ । प्रतिष्ठा कमाउने समय  रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
जोश जाँगरले कार्य लिन सकिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ ।  समयले अप्ठेरो परिस्थिति ल्याउन सकिन्छ । गोपनियतामा सफलता रहनेछ ।

 वास्तु ज्ञान : गृहपति तथा पत्नीको शयनकक्षमा रातो बत्ती लगाउनु पर्दछ ।
शयनकक्षमा प्रवेश गरेर ओछयानमा पल्टदा पनि निन्द्रा नलाग्न सक्छ । यस्तो अवस्था आएमा शयनकक्षमा शयनका लागि प्रवेश गर्नुभन्दा पहिला कोठाको पर्दा लगाउनु पर्छ । साथै कोठाको बत्ति मधुरो बाल्नु पर्छ । ग्रहपति तथा पत्नीको शयनकक्षमा रातो बत्ति लगाउनुपर्छ । वासनात्मक आनन्दप्राप्तिका लागि उत्तरतर्फ क्रिस्टल लगाउनु पर्छ ।  

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्