इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन : टिकटकमाथिको प्रतिबन्ध हटाउनू

शुक्रबार, भदौ २१, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं :  सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चल्न दिने बाटो खोलेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन्।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो।

सरकारले अघिल्लो वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्