अन्तिम अभ्यास खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ - श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेको छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडका कप्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालको कप्तानी सोमपाल कामीले गरेका छन् ।

बंगलाचुली गाउँपालिका

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो तथा दोस्रो अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्