चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधी सुधा माद्यामिक विद्यालय झेल्नेटालाई

बिहीबार, माघ १८, २०८०

दाङ - दाङको बंगलाचुलीमा हिजो देखि सुरुभएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सकिएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधी सुधा माद्यामिक विद्यालय झेलनेटाले जित्न सफल भएको छ । बंगलाचुली गाउँपलिका वडा नम्वर ५ झेलनेटामा रहेको सुधा मावीले जम्मा ३० वटा ईभेन्टमा १५ वटा ईभेन्टमा स्वर्ण पदक जित्दै प्रथम उपाधी जित्न सफलभएको हो । सुधामावी झेलनेटा गत वर्ष पनि उपाधि जित्न सफल भएको थियो ।

बंगलाचुली गाउँपालिका

त्यसैगरी माद्यामिक विद्यालय भेडावारी मुलावारीले ६ वटा स्वर्णपदक जित्तै दोस्रो उपाधि प्राप्तगर्न सफल भएको छ । भने महेन्द्र माध्यामिक विद्यालय स्यूजाले ५ वटा स्वर्णपदक जित्तै तेस्रो उपाधी प्राप्त गर्न सफल भएको छ । रनिङ शिल्ड प्रतियोगितामा छात्र तथा छात्राका भलिबल,कबर्डी, ज्याबलिङ थ्रो, रिले दौड, छोटा तथा लामो दौडहरु, हाइजम्प, लङ्गजम्प लगायतकाखेलकुद प्रतियोगिताहरु भएका थिए ।

यसैविच आजै एक कार्यक्रमका विच चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गरिएको छ । खेलकुद व्यवस्थापक विद्यालय महेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समितका अध्यक्ष विनोद गौतमको अध्यक्षता एवं बंगलाचुली अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो । कार्यक्रममा खेलकुदमा प्रथम,द्वितिय र तृतिय उपाधि जित्न सफल विद्यालयका खेलाडिहरुलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो ।समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले विजयी खेलाडिहरुलाई सफलताको शुभाकाना व्यक्त गर्नुभयो ।

साथै खेलकुदमा भाग लिएका तर उपाधि जित्न नसकेका विद्यालयहरुलाई आगामि वर्षमा प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्नुभयो । यसैविच अर्को वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन महेन्द्र माद्यामिक विद्यालय श्रीवारीले गर्ने मावी मुलावारी भेडावारीका शिक्षक शसी शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड समापन समारोहमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर एकका अध्यक्ष विष्णु कुवर,दुईका अध्यक्ष मैते पुनमगर, गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी,कार्यपालिकाका सदस्य गणेश विश्वकर्मालगाएत वडाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्