शेयर बजार १२.१० अङ्कले घट्यो, कारोबार साढे ९ अर्बमा खुम्चियो

बिहीबार, भदौ २०, २०८१

दाङ  -  शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर बने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १६ वटा कम्पनीका दुई करोड एक लाख कित्ता शेयर नौ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्