आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४५ सूर्यास्त ६ः१८

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न  सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ । दिर्घकालीन फाईदा हुने काममा सफलता लिन सकिन्छ ।

 वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला । आफुमा कमजोरी भएको अनुभव रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । पारिवारीक असमझदारी बढने छ । आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उधोग तथा व्यापारमा फाईदा मिल्नेछ । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मान सम्मान वृद्धि छ । वोलिको भरमा कार्यहरु वन्नेछन  । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो।
रचनात्मक कार्य शुरु गर्ने वेला छ । स्वादिष्ट भोजनको आनन्द लिन  सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्नेे छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा  लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढनु । प्रयास वाट कार्यमा सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ जानकारी प्राप्त रहनेछन । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने छ ।, व्यवसाय व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आशा देखाउने वाट समस्या छ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु । सामाजिक कार्यमा लाग्नु  पर्नेछ  । अन्यको भरमा नपर्नु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
धेरैले तपाईको कामको प्रशंसा गर्ने समय छ ।नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन देखिन्छ  ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिगतका समस्या आउने छन । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तको भेटघाटले रमाईलो रहनेछ । नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ छ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज छ ।

 

                                   वास्तु ज्ञान

  मठमन्दिरलाई दाहिने पारेर घम्नु राम्रो मानिन्छ । मठमन्दिर, चैत्य गुम्बा, तीर्थस्थल, देवीदेवताका मूर्ति, गुरु, आमा, बुबा, साधुसन्त, पुजनीय एवं आदरणीय महानुभावहरुलाई आफनो दाहिने बनाएर एक वा तीनपटक परिक्रमा गर्ने परम्परा छ । यसैलाई अनुशरण गदै सडकमा सवारी साधन गुडाउँदा विपरित दिशाबाट आएका साधनहरु दाहिने पारिन्छ । आशीर्वाद दिदा, हात मिलाउदा, लेख्दा,खाना खाँदा पनि दाहिने हातकै प्रयोग गरिन्छ । दाहिने बनाउनु सभ्यता र आदरको प्रतिक हो । यहि कारण दाहिनेको धार्मिक, व्यावहारिक र साँस्कृतिक महत्व छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्