अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते

बुधबार, भदौ १९, २०८१

अछाम - अछामको सदरमुकाम मङ्गलसेनतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा  ११ जनामध्ये ८ जना घाइते भएका छन्।

बंगलाचुली गाउँपालिका

मध्यपहाडी सडकखण्डअन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना भएको अछामका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनु भयो।

घाइते हुनेमा चौरपाटी-१ की १९ वर्षीया कल्पना थापा, देवकी थापा‚ १८ वर्षीया लक्ष्मी साउद, साँफेबगर(४ की १७ वर्षीया पूजा सुनार रहेका छन्।  

चौरपाटी-२ का २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीय तुल्सी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीय प्रीति साउद पनि घाइते भएका छन्।

जिप विद्यार्थीको जिल्ला सम्मेलनका लागि मङ्गलसेनतर्फ गइरहेको थियो। जिल्ला डडेलधुरा नवदुर्गा गाउँपालिका(४ बस्ने करिब ४२ वर्षीय लक्ष्मण साउदले चलाएको सु।प।प्र। ०१००१ ज.१२३८ नं. को जिप अनियन्त्रित भएर सडकको नालीमा पल्टिँदा जिपमा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन्।

जिप नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै थियो ।

घाइतेहरूलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाइएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चौरपाटी गाउँपालिकाबाट गएको जिप तीव्र गतिमा हुँइकिइरहेका वेला अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्