शेयर बजार उच्च अङ्कले घट्यो,१२ अर्ब ९२ करोड रुपैयाँको कारोबार

बुधबार, भदौ १९, २०८१

काठमाडौं -  शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा झरेको छ । यसअघि गएको आइतवार नेप्से २७ सय विन्दुबाट तल झरेको थियो ।

बंगलाचुली गाउँपालिका

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्