फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

बुधबार, भदौ १९, २०८१

दाङ - तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् ।

बंगलाचुली गाउँपालिका

उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबल सहित अनुगमनमा हुन् ।

बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध ग¥यो । तर,उपमहानगरको अभियानलाई अटेर गर्नेको सामान नै जफत गरिएको छ ।

बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो ।’ नगर प्रमुख खड्काले भने,‘व्यापार गर्ने कोठामा हो । सटकपेटीमा होइन । त्यसैले त्यसैले व्यापारीलाई अनुरोध गर्न पसलमै पुगेका हौँ ।’

अबदेखी बजारमा सटर भन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । आज सचेत गराइएको र फेरी जाँदा सटर भन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरीवाना समेत गरिने उनले बताइन् । सटकपेटीमा सामान राख्नाले यात्रु बिच सडकमा हिडुनुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्