टानको अध्यक्षमा पाण्डे विजयी : गठबन्धनका साझा उम्मेदवार सापकोटा पराजित

मंगलबार, भदौ १८, २०८१

काठमाडौं - ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्नुभएको हो । पाण्डेले ५ सय ८० मत पाएर विजयी हुँदा सापकोटाले ४ सय ८० मत प्राप्त गर्नुभयो ।

बंगलाचुली गाउँपालिका

बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५ सय ५८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४ सय ८६ मत पाउनुभएको छ । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५ सय ३५ मतसहित विजयी हुँदा अर्का दावा लामा (तामाङ) ले ५ सय १० मत पाउनुभएको छ । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५ सय ४४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी निशेष थापाले ४ सय ९३ मत पाउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्