प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबले सुदूरपश्चिमलाई  हरायो

बिहीबार, माघ १८, २०८०

काठमाडौं  - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो ।

बंगलाचुली गाउँपालिका

पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो । सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो । पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो । पुलिस यसअघि नै फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिमले ८ अङ्क जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्