पहिरो पिडित सोमराज परियारलाई आर्थिक सहयोग

सोमबार, भदौ १७, २०८१

दाङ - दाङ भ्याली यातायात प्रालिले प्राकृतिक बिपत्त पहिरोबाट पिडित हुनुभएका आफ्ना ब्यवसायीलाई आर्थिक सहयोग गरेको छ । प्रालिमा आबद्ध ब्यवसायी सोमराज परियारलाई संस्था र ब्यवसायीहरुबाट उठेको दश हजार छ सय आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बंगलाचुली गाउँपालिका

सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले बिपत्तको घडीमा घाउमा मलम लगाउने काम संस्थाले गरेको बताउनुभयो । संस्थाले बिभिन्न समयमा यि यस्ता सहयोगका कामहरु गर्दै पनि आएको उहाँले स्मरण गराउनुभयो ।

गत भदौं गते बिहानको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं २ दल्लीडाँडा गाउँ स्थित पहिरोमा परी यातायात ब्यबसायी सोमराज परियारका बुवा लाल बहादुर परियार,आमा मनिषा परियार र २ वर्षिय भाई शुभम परियारले ज्यान गुमाएका थिए । मृतक तिनै जना सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरो उनीहरु पुरिएका थिए ।।

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्