गण्डकी प्रदेशमामा एमालेका ४ जना मन्त्रीले लिए शपथ

सोमबार, भदौ १७, २०८१

काठमाडौं - गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बंगलाचुली गाउँपालिका

नवलपुरकी पद्मा जिसीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, बाग्लुङका कृष्ण पाठकले स्वास्थ्यमन्त्री, कास्कीका प्रकाश केसीले भौतिक पूर्वाधार तथा विकास र  पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्रीको रूपमा शपथ लिनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनुभएको छ ।

सङ्घीय सरकारमा एमाले र कांग्रेसको सरकार बनेको लामो समय भइसके पनि गण्डकीमा दुई वटा दलबीच कुरा नमिल्दा सरकारमा एमाले सहभागी भएको थिएन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर भए पनि नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरुङलाई पनि मन्त्रीमा निरन्तरता दिनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्