अर्थ

सुनको मुल्य चार दिनमा १२ सय रुपैयाँले घट्यो

सोमबार, भदौ १७, २०८१

काठमाडौं - सुनको मुल्य चार दिनदेखि लगातार  घट्न घटेको छ  । सुनको मुल्य तोलामा चार दिनमा  १२ सय रुपैयाँले घटेको छ । आज सोमबार सुन मुल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी हिजो  सुनको मुल्य तोलामा  ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको भदौ १३ गते बिहीवार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको मुल्य उतारचढाव हुँदै आएको छ ।

त्यस्तैगरी आज चाँदीको  मुल्य घटेको छ । चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्