नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल रुस प्रस्थान

सोमबार, भदौ १७, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गर्नु भएको छ ।

बंगलाचुली गाउँपालिका

‘साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष नेपाल गएराति राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्