गण्डकीमा एमालेले ४ जना मन्त्रीको नाम टुङ्ग्यायो, आजै शपथ लिने तयारी

सोमबार, भदौ १७, २०८१

काठमाडौं - गण्डकी प्रदेशमा नेकपा एमालेले ४ जना मन्त्रीको नाम टुङ्ग्याएको छ । एमालेबाट नवलपुरकी पद्मा जिसी, बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालको नाम मन्त्रीका लागि टुङ्गो लागेको एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले बताउनुभयो । उहाँहरू सबैको आजै शपथ लिने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कार्यक्षेत्र टुङ्ग्याउँदै सङ्ख्या पनि नौ बनाएपछि एमालेले मन्त्री हुनेको नाम टुङ्गो लगाएको हो । २२ जना प्रदेशसभा सदस्य रहेका गण्डकीमा एमालेबाट मन्त्री हुनेमा धेरै जना आकाङ्क्षी छन् ।

गण्डकीमा नौ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्