आज २०८१ साल भदौ १७ गते सोमबारको राशिफल

दाङ - आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि   पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४३ सूर्यास्त ६ः२१ I

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सन्तानका लागि केहि धन राशि खर्च छ । शैक्षिक गतिविधि ठिकै रहला । सन्तान पक्ष बाट साथ र सहयोग  मिल्नेछ । गीत,संगितमा रुचि बढनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अनाबश्यक दौडधुप गर्नुपर्ने । सामाजिक कार्यमा सफलता रहनेछ । कृषि,जग्गा जमिन बाट प्रशस्त्र आम्दानी रहनेछ ।  घर बाहिरका कार्य बाट छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफन्तको सहयोगमा समस्या रहनेछ । आर्थिक लगानीयुक्त समय रहेको छ । पारिवारीक असझदारी बढने देखिन्छ ।  समयले फरक स्थिति सिर्जना गर्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यस्तता बढनेछ । आत्मा बिश्वास र उत्साह मिल्नेछ । व्यापार व्यवसायमा तपाईको बोलीको प्रभाव पर्नेछ ।  प्रयास र मेहनत बाट सफलतामा पुगिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आर्थिक लाभ रहनेछ । हाँस खेल मनोरन्जनमा समय बित्नेछ । नबिन कार्यको थालनी हुनेछ । विगतका असफलता लाई सुधार गर्ने मौका आउनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
धैर्यता बाट कार्यमा सफलता रहनेछ । खर्च अधिक रहला । अनाबश्यक खर्च बाट बच्नु होला । प्रयास बाट बाहिरी कार्यबाट लाभ उठाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सामाजिक कार्य बाट सफलता रहनेछ । धेरै पहिले रोकिएको काम बन्ने । व्यावसायिक कार्यमा सफलता लिन सकिनेछ । आम्दानीको श्रोत बढनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
माता पिताको सल्लाह अनुसार अगाडि बढनु होला । व्यापारमा ठिकै रहला । सामाजिक कार्यमा सफलता रहनेछ । अवसर लिने बाट बच्नु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

समस्याहरु हल हुदै जानेछन । नसोचेको कार्यबाट फाईदा लिन सकिनेछ । आफन्त सग भेटघाट । आफन्तको साथ र सहयोग बाट कामहरु बन्नेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा समस्याले केहि बाधा दिनेछ । आन्तरिक कुरा पत्ता लाग्नेछ । सहयोगि बाट कार्यमा साथ मिल्नेछ । केहि घराँयसि समस्या आउला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
पराक्रममा बृद्धि रहनेछ । तार्किक क्षमता बढनेछ । प्रेमिप्रमिका बिच सम्वन्ध  बढनेछ । व्यावसायमा लाभ लिन सकिनेछ ।  अध्ययनमा ठिकै छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको काममा अरुले अधिकार जमाउने देखिन्छ  । दैनिक कार्यमा ठिकै रहनेछ । सामाजिक कार्यमा ठिकै । आफना  योजना गोप्य राखेर अगाडि बढनु होला ।
                   

 वास्तु ज्ञान : घरमा ठुलो तथा बाक्लो रुख दक्षिण पश्चिमतर्फ लगाउनु पर्छ । कुनै पनि घर तथा भवनमा ठुलो तथा बाक्लो रुख दक्षिण  पश्चिमतर्फ लगाउनु पर्दछ । पिपलको वृक्षलाई पश्चिम दिशामा,बरको वक्षलाई पुर्वमा,डुमी्रको वृक्षलाई दक्षिण दिशामा लगाउनु राम्रो हुन्छ अन्य वृक्षलाई कुनै पनि दिशामा लाभदायक नै हुनेगर्दछ । कम्पाण्ड बनाउने बेलामा दक्षिण पश्चिम दिशाको भित्ता उत्तर र पूर्व   दिशाको अपेक्षा बाक्लो र अग्लो  हुनुपर्दछ ।

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्